नगरसभा बस्दै

तुलसीपुर उपमहानगरपालिकाको आसन्न नगरसभा बैठकमा पारित हुने नीति तथा कार्यक्रमका सन्दर्भमा सर्बपक्षीय राय सुझाव लिनका लागि बिभिन्न क्षेत्रगत परामर्शलाई तिब्र पारिएको छ । शिक्षा,स्वास्थ्य,बनवातावरण, ब्यापारीक क्षेत्र,बिज्ञहरुको बैठक बसि सुझाव संकलन गरिरहेको कार्यपालिकाका प्रबक्ता सूर्य बहादुर डागी श्यामले जानकारी दिनु भएको छ । सबै पक्षको रचनात्मक सुझावबाट समावेशी योजना र बजेट प्रस्तुत गरी समृद्ध नगरको बिकास गर्ने लक्ष लिएको नगरकार्यपालिकाले जनाएको छ । वडासभाहरु सम्पन्न भएको छन अधिकांश योजनाहरु सडकसंग सम्बन्धीत आएका छन । नगरको क्षेत्र बिस्तार पछि अधिकांश भूभाग ग्रामिण क्षेत्र समेटिएकोले पनि सडकका योजना आएको अनुमान गरिएको छ । आगामी नगरसभाले समावेशी योजना प्रस्तुत गर्ने बताईएको छ । नगरसभा बैठक श्रावण २५ गते बस्दैछ ।