FAQs Complain Problems

भर्खरै

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घर भत्काउन उच्च अदालत तुलसीपुरकाे आदेश

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घर भत्काउन उच्च अदालत तुलसीपुरकाे आदेश

उच्च अदालत तुलसीपुरले सार्वजनिक जग्गा हडपेर निर्माण भएका घर भत्काउनका लागि आदेश दिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सडक ओगटेर निर्माण गरिएका संरचनाहरु भत्काउनका लागि सार्वजनिक सुचना जारी गरेपछि स्थानीयहरुले विपक्षी वनाएर उच्च अदालत तुलसीपुरमा मुद्दा हालेका थिए । त्यसपछि उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै संरचना नभत्काउन आदेश दिएको थियो ।

उच्च अदालतले जेठ ५ गते फैसला गर्दै उपमहानगरपालिकालाई संरचना भत्काउनका लागि वाटो खुला गरेको हो । स्थानीयका तर्फबाट मोहन प्रसाद धिताल र उपमहानगरपालिकाका तर्फबाट वामदेव शर्माले गरेको वहसमा अदालतले यस्तो बाटो खुला गरेको हो ।

‘निवेदकहरुले भोगचलन गरेको भनेको घर जग्गामा निजहरुको कानुन वमोजिम हक स्थापित भै दर्ता श्रेष्ता कायम भएको भन्ने निवेदन लेखबाटै देखिन नआएको अवस्थामा यस अदालतबाट अन्तरिक आदेश निरन्तरता दिन मिलेन ’ मुख्य न्यायधिश नहकुल सुवेदीले जारी गरेको आदेशमा उल्लेख गरेको छ ।

उपमहानगरपालिकाले संरचना भत्काउन सुचना जारी गरेपछि वैशाख २९ गते सार्वजनिक जग्गामा वस्न पाउनुपर्ने भन्दै अदालतमा उनीहरुले मुद्दा हालेका थिए ।

अदालतले संरचना नभत्काउनका लागि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता नदिने भएपछि यसैसाता उपमहानगरपालिकाले संरचना भत्काउने तयारी गरेको छ । त्यस क्षेत्रमा पहिलो चरणमा १७ घरहरु भत्काइने भएको छ ।